हर्क साम्पाङलाई साबुन उद्योगको काम रोक्न अदालतको आदेश

Posted on: 22 Dec, 2022

पुस ७, सुनसरी | उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ ।

धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान- २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम सुरु गरेको थियो ।


मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेपछि जिल्ला वन कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।

न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार निवेदनको किनारा नलागेसम्म काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

मेयर साम्पाङले कार्यपालिका बैठकको निर्णयको आधारमा उद्योग निर्माणको काम सुरु गराएका थिए । तर प्रक्रिया पुरा नगरि वन क्षेत्रको जग्गामा साबुन उद्योगको काम अघि बढाएपछि विवादमा आएका मेयर हर्क साम्पाङलाई अदालतले अंकुश लगाएको हो।

मेयर साम्पाङले साबुन उद्योग खोल्ने प्रस्ताव गरेपछि स्थानीयबासी, वन उपभोक्ता समुह र वन कार्यालयले जग्गाको भोगाधिकार प्राप्त गर्ने प्रक्रिया पुरा गर्न आग्रह गरेको थियो। डिभिजन वन कार्यालयले उपमहानगरपालिकालाई पत्राचार गरेर पनि कानुन वमोजिम प्रक्रिया पुरा गर्न भनेपनि वेवास्ता गर्दै मेयर साम्पाङले वनको जग्गा होइन भन्दै काम अघि बढाएपछि डिभिजन वन कार्यालय उच्च अदालत पुगेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!