धरानका बलात्कार आरोपी प्रिन्सिपल खड्का पक्राउ

Posted on: 26 May, 2022

जेठ १२, धरान | धरानमा बलात्कारको आरोप लागेका एक बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो । धरान उपमहनगरपालिका-५ स्थित ब्लुमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका९ १३ स्थित एक गेस्ट हाउसमा पुर्‍याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।

टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीले जनाएको छ । केही दिन अघि पिडित युवतीले आफुलाई ७ वर्षअघि इटहरीको ब्लुमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलमा ९ कक्षामा अध्ययनरत हुँदा सोही स्कुलका प्रिन्सिपल राज खड्काले आफूमाथि पटक-पटक बलात्कार गरेको खुलासा गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट सार्वजनिक गरेकी थिइन् । यद्यपि यस घटनामा पीडितले यसअघिनै आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएपनि आरोपित फरार रहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!