इटहरीको व्यस्त बजारमा चितुवा पसेपछि…

Posted on: 13 Jun, 2022

जेठ ३०, सुनसरी | सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासस्थित  बसोबास रहेको  क्षेत्रमा आज बिहान चितुवा देखियो। बस्तीमा चितुवा आएपछि स्थानीय त्रसित बनेका थिए । 

चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो । चितुवालाई हाललाई डिभिजन बन कार्यालय, इनरूवा, सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।


चितुवा देखिएको क्षेत्रका बासिन्दा त्रसित थिए भने प्रशासनले चितुवा नियन्त्रणमा नलिउन्जेलसम्म सर्वसाधारणलाई घर बहिर निस्कन आग्रह गरेको थियो । तर चितुवालाई नियन्त्रणमा लिएपछि जनजीवन सामान्य बनेको छ ।

नियन्त्रणमा लिइएपछि डिभिजन वन कार्यालय लगिएको छ । त्यहाँ उपचार गरिएपछि वन कार्यालयले कोशी टप्पु बन्यजन्तु आरक्षको सहयोगमा चितुवालाई चितवन राष्ट्रिय निकुन्ज पठाइने बताइएको छ । वन कार्यालयका अनुसार दुई वर्षको भाले चितुवा ३५ केजीको रहेको छ । इटहरीको उत्तरी क्षेत्रमा रहेको चारकोशे जङ्गलबाट चितुवा बस्तीमा पसेको हुनसक्ने अनुमान गरिएको छ । जङ्गल खोला हुँदै चितुवा रातको समयमा बजार क्षेत्रभित्र पसेको अनुमान गरिएको हो । इटहरीको व्यस्त बजारमा यसरी चितुवा पसेको सम्भवत यो पहिलो र अनौठो घटना भएको स्थानीयले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!