राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनले धरान मेयर हर्क साम्पाङको राजीनामा माग (विज्ञप्

Posted on: 29 Aug, 2022

भदौ १३, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी सङ्गठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको राजीनामा माग गरेको छ। सामाजिक सञ्जालमा अभद्र र असभ्य प्रस्तुति दिएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले राजीनामा माग गरेको हो ।

केही दिन अगाडी धरानका मेयर साम्पाङले काठमाण्डौका मेयर बालेन्द्र शाह प्रति लक्षित गर्दै इन्जीनियरहरुलाई कटाक्ष गरेका थिए । सोही विषयलाई लिएर राप्रवि सङ्गठन पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका अध्यक्ष अभाष अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै राजीनामा नदिए कडा आन्दोलनको चेतावनी दिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!