पञ्चमी व्रत लिनका लागि नुहाउने क्रममा डुबेर सुनसरीमा बालिकाको मृत्यु

Posted on: 02 Sep, 2022

भदौ १७, काठमाडौँ | तीज पर्वको पञ्चमी व्रत लिनका लागि नुहाउने क्रममा डुबेर सुनसरीमा एक बालिकाको मृत्यु भएको छ ।

बराहक्षेत्र वडा नं. ३ को बाङ्गे बजारबाट उत्तरतर्फ सुनसरी–मोरङ आयोजनाको नहरमा नुहाउँन जाँदा डुबेकी बराहक्षेत्र वडा नं. ३ की १४ वर्षीया सलिना खड्काको मृत्यु भएको हो ।


इलाका प्रहरी कार्यालय चक्रघट्टी महेन्द्रनगरका अनुसार बिहान ७ः३० बजे नुहाउँदा डुबेर बेपत्ता भएकी सलिनाको शव दिउँसो फेला परेको थियो । सलिना बेपत्ता भएलगत्तै खोजी गर्न प्रहरी र स्थानीय गाउँले खटिएका थिए । नुहाउँन जादा चार जना डुबेकोमा तत्काल तीन जना उद्धार गरिएको थियो । 

उद्धार गरिएका मध्ये बराहक्षेत्र वडा नं. ३ कै ३६ वर्र्षीया शोभा खड्काको धरानको विजयपुर हस्पिटलमा उपचार भइरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!