सुर्खेतमा चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालन गरिने

Posted on: 21 Sep, 2021

न्युज कारखाना  । ५ असोज सुर्खेत,।  दशैं तिहारलगायत पर्वलाई लक्षित गरेर सुर्खेतमा सुपथ मुल्य पसल सञ्चालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको सरोकारवाला निकायको बैठकले सुपथ मुल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो । 

सुपथ मुल्य पसलमा अत्यावश्यक खाद्यान्न लगायत उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । उनले भने, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेचबिखन गर्ने वस्तुहरूको विविधिकरण गरेर बिक्री समय बिस्तार गर्ने निर्णय गरेको छ । यस्तै दैनिक उपभोग्य वस्तुको मुल्यसूची पसलहरूले अनिवार्य रुपमा राख्नु पर्ने निर्णय पनि गरेका छ ।’

दशैं तिहारमा चिनी तथा नुनको माग अत्याधिक हुने गरेको छ । तर, चिनी र नुनको बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कर्णाली प्रदेश कार्यालय सुर्खेतले भने चिनी तथा नुन मौज्दात नरहेको जनाएको छ ।


 


यस बिषयमा तपाइको प्रतिक्रिया...!