‘कृषकलाई करोडौंको योजना माग्न माग’

Posted on: 16 Nov, 2018

कात्तिक ३०, सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले कृषकलाई लाखमा होइन, करोडमा योजना माग गर्न आव्हान गरेकी छन् । 

कृषि सहकारी संघ सुर्खेतको शुक्रबार वीरेन्द्रनगरमा तेह्रौं वार्षिक साधारण सभाको उद्घाटन गर्दे मन्त्री केसीले साना—साना पूँजीलाई संकलित गरेर बृहत उत्पादनमा जुट्न कृषकलाई सुझाव दिएकी हुन्  ।

उनले कृषिको व्यसायिककरण गरि कृषि उत्पादकत्व बढाउनुका साथै रोजगारी सृजना गर्ने कृषकलाई प्रदेश सरकारले करोडमा सहयोग गर्न तयार रहेको जिकिर गरिन । कर्णालीमा कृषि सहकारी मार्फत नै कृषिको विकास गरिने योजना रहेकाले कृषिमा लगानी बढाउनु पर्ने उनको भनाइ थियो । कार्यक्रममा कृषि सहकारी संघ सुर्खेतका अध्यक्ष पञ्चकला रावतले गत आर्थिक वर्षमा उन्नत बीउविजन, जैविक रसादी, सुधारिएको औजार लगायतमा जिल्लाका २ सय २२ वटा कृषि सहकारी मार्फत करिब ४४लाख रुपैयाँको कारोवार गरेको जानकारी दिइन । 


कार्यक्रममा सहकारी क्षेत्रका अगुवासँगै सहकारी विकास बैंकका सञ्चालक, सहकारी कर्मी, र कृषकको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!