टर्च बालेर विरामीको उपचार

Posted on: 16 Apr, 2022

वैशाख ३, सुर्खेत | डोल्पाको जिल्ला अस्पतालमा आउने बिरामीहरुले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेजटर चलाउने बजेट अस्पतालसँग छैन । विद्युत भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत प्राविकरणले अस्पतालमा आउले लाइन लोडसेडिङको सूचीमा राखेको छ । 

१६ घण्टा सम्मा लोडसेडिङक हुँदा अस्पतालको काममा बाधा भएको अस्पतालका मेडिकल अधिकृत अखण्ड उपाध्यायले बताए । दैनिक आउने विरामीहरुलाइ रात्रीकालिन अवस्थामा टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । अस्पतालमा उपचार गराइरहेकी कालि विकले भनिन, 'रातीभर अध्यरोमा बसे । डर पनि लाग्यो ।'  अर्की उमकुमारी शाहीको पीडा पनि कम छैन ।  उनको बच्चालाइ अक्सिजन दिनुपर्ने थियो तर विद्युत नहुँदा अक्सिजन दिन नपाएको बताइन् ।

स्थानीय जैसीगाड जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युतले ठुलीभेरी  नगरपालिकाको साथै त्रिपुरासुन्दरी नगरपालिका भित्रसमेत विद्युत आपूर्ती हुँदै आएको छ । दुर्इ वटा जेनेरेटरमध्ये १ वटा मात्र मेसिन सञ्चालनमा आएका कारण विद्युत उत्पादन पुरै हुन नसकेको हो । केन्द्रीय लाइन डोल्पामा पुग्न सकेको छैन । डोल्पामा विद्युत पुर्याउनका लागि दुइ वर्षअघि भएको ठेक्कासमेत निर्माण व्यवसायीले काम नगर्दा अलपत्र पर्दै आएको छ ।

महिनैपिच्छे समस्य आउने यहाँको विद्युतले स्थानीयबासीहरु हैरान भएको बताएका छन् ।  अस्पतालले मागेको समयमा मात्र विद्युत आपूर्ती गरिरहेको कार्यालय प्रमुख नारायणप्रसाद कर्णले बताए । १५ श्शयको जिल्ला अस्पतलामा समस्यले गाजिरहेको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!