एमाले जिल्ला अधिवेशन : सुर्खेतमा बिसी, बाजुरामा शाही

Posted on: 12 Jan, 2022

पुस २८, कर्णाली | नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटी अध्यक्षमा अमृत बिसी निर्वाचित हुनुुभएको छ । आज बिहान सम्पन्न  पदाधिकारीतर्फको मतगणनामा प्रतिस्पर्धी डण्डीप्रसाद शर्मालाई १०१ मतान्तरले पराजित गर्दै बिसी निर्वाचित हुनुभएको हो । 

निर्वाचन समितिका अनुसार खसेको ६४९ कूलमतमध्ये बिसीले ३६८ र शर्माले २६७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएको निर्वाचन समितिका सदस्य रामबाबु बिसीले जानकारी दिनुभयो । 

बाजुरा अध्यक्षमा शाही 

मार्तडी : नेकपा (एमाले) बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध चयन हुनुभएको छ । 

एमालेको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन हुनुभएको निर्वाचन कमिटीका प्रमुख दिलीपबहादुर शाहीले जानकारी दिनुभयो । एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको संयोजकत्वमा बनेको अध्यक्षमण्डलले सर्वसम्मत जिल्ला कमिटी छनोट गरेको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!