सुर्खेतको पञ्चपुरी १ मा एमालेको प्यानल नै विजयी, पालिका प्रमुखमा कांग्रेसको अग्रता

Posted on: 14 May, 2022

वैशाख ३१, सुर्खेत | पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो । थापाले चार सय ७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुँदे साउनले तीन सय ६३ मत पाए ।

यस्तै, माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत पाएका छन् ।  नगरपालिकामा प्रमुखमा कांग्रेसले अग्रता लिएको छ । १४ सय मत गणना हुँदा कांग्रेसका लालबहादुर भण्डारीले पाँच सय ५८ मतका साथ अग्रता लिएका छन् । भण्डारीलाई एमालेका धनबहादुर थापाले पाँच सय १५ मत पाएका छन् । उपप्रमुखमा पनि कांग्रेसकी मुक्तिदेवी रेग्मीले पाँच सय ६० मतका साथ अग्रता लिएकी छिन् । एमालेकी दुर्गाकुमारी जैसीले चार सय ९९ मत पाएकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!