नेपाली सेना बनायो क्रियापुत्री भवनदेखि शवदाह स्थलसम्म

Posted on: 24 Jun, 2022

असार १०, सुर्खेत | नेपाली सेनाले क्रियापुत्री भवनका साथै भेरीको किनारमा शवदाह स्थल निर्माण गरेको छ । चन्दननाथ गणले जाजरकोट भेरी नगरपालिका –४, बसपार्क क्षेत्रमा क्रियापुत्री भवनका साथै  भेरी नदीको किनारामा शवदाह स्थल निर्माण कार्य सम्पन्न गरी भेरी नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको पश्चिम कमाण्ड, सुर्खेतबाट सैनिक नागरिक सम्बन्ध थप सुदृढ बनाउने उदेश्य अनुरुप सञ्चालित क्विक इम्पाक्ट प्राेजेक्टअन्तर्गत प्राप्त स्राेत एवं जाजरकोटमा तैनाथ चन्दननाथ गणका सैनिकहरूको श्रमदानबाट उक्त संरचनाहरुको निर्माण गरिएको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामेले बताए ।


उक्त भवन क्रियापुत्री भवन शुक्रबार नै  भेरी नगरपालिकाकलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा  चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेले नवनिर्मित संरचनाहरु भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीलाई हस्तान्तरण गर्दै नेपाली सेना सधैँ जनसेवामा सक्रिय रहेको बताए ।

उनले भेरीकै जगतीपुरमा आर्थिक रुपमा पछि परेका १७० घरधुरीलाई कपडा वितरणदेखि सदरमुकाममा रात्रीकालिन अवस्थामा हेलिकोप्टर अवतरण गर्न हेलिप्याड निर्माण गरिएको जानकारी दिए ।

नगरप्रमुख चन्द्रप्रकास घर्तीले नेपाली सेनाको जनसरोकारका यस्ता विकास निर्माण सम्बन्धित कार्यक्रमहरु रहेको सहभागिताको प्रशंसा गर्दै धर्म, संस्कृति संरक्षण, विकास निर्माण लगायत नागरिक सैनिक सम्बन्ध विस्तार गर्न यस्ता कार्यक्रमहरूले सहयोग पुर्‍याउने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!