पिकनिक खान गएका सुर्खेतका दुई जना भेरी नदीमा बेपत्ता

Posted on: 29 Oct, 2022

कात्तिक १२, सुर्खेत | सुर्खेतमा पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । सुर्खेतको भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका हुन्। 

भेरी नदीमा शनिबार उनीहरू पिकनिक खान गएको र भेरी नदीमा पौडी खेल्ने क्रममा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको उद्धार टोली घटनास्थलतर्फ खटिइसकेको सशस्त्र प्रहरी बल रक्तकाली गण बागेसिमल सुर्खेतका प्रमुखले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!