सुर्खेतमा एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत भेटिए

Posted on: 23 Feb, 2023

फागुन ११, सुर्खेत | सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा तिर उनको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको छ । प्रहरी जवानले आफैंलाई गोली हानेको हुन सक्ने अनुमान छ। उनका अनुसार अहिले शव शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको जानकारी दिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!