पद्मालाई एक हजार १३५ मतले पछि पार्दै कांग्रेसका गुरुङको अग्रता कायमै

Posted on: 01 Dec, 2022

मङ्सिर १५, स्याङ्जा | निर्वाचन आयोगको निर्देशनपछि गन्न थालिएको प्रतिनिधिसभातर्फको स्याङ्जा–२ कांग्रेसका उपसभापति समेत रहेका उम्मेदवार धनराज गुरुङले मतान्तर बढाएका छन् ।

एमाले सचिवसमेत रहेकी पद्मा अर्याललाई एक हजार १३५ मतले पछि पार्दै गुरुङले अग्रता लिएका हुन् ।

गुरुङले ४ हजार ५९० मत पाउँदा  अर्यालले ३ हजार ४५५ मतसहित पछ्याइरहेकी छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!