ताप्लेजुङ जिल्लाबाट प्रदेश १ कमिटिमा ७ जना (नामावली सहित)

Posted on: 03 Dec, 2018

मंसिर १७, ताप्लेजुङ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । जसमा प्रदेश नं १ मा २०७ जनाको प्रदेश कमिटी रहनेछ । त्यसमा तत्कालीन एमालेका तर्फबाट १२२ र माओवादी केन्द्रका तर्फबाट ८५ सदस्य छन् । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । 

पार्टी एकता भएको करीब छ महीनापछि तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र)को भागबण्डाका आधारमा नामावली सार्वजनिक गरिएको हो । 

प्रदेश १ को लागि प्रदेश कमिटीमा ताप्लेजुङबाट को-को परे ?  

#साविक एमालेबाट 

१. हिमालय चाम्लिब ताप्लेजुङ सदस्य – प्रदेश संगठन कमिटी

२. बलबहादुर साम्सुहाङ्ग ताप्लेजुङ सदस्य – प्रदेश संगठन कमिटी

३. अम्बिका राजभण्डारी ताप्लेजुङ सदस्य – प्रदेश संगठन कमिटी

#साविक माओवादी केन्द्रबाट 

४. खेलप्रसाद बुढाक्षेत्री ताप्लेजुङ्ग सदस्य, केन्द्रीय आयोजक समिति तथा जिल्ला इन्चार्ज

५. विजय वनेम ताप्लेजुङ्ग सदस्य, केन्द्रीय आयोजक समिति तथा जिल्ला सह–इन्चार्ज

६. लक्ष्मी आबछाबबो ताप्लेजुङ्ग सदस्य, केन्द्रीय आयोजक समिति तथा जिल्ला सह–इन्चार्ज

७. मिबमा डण्डु शेर्पा ताप्लेजुङ्ग केन्द्रीय सचिव– वाइसिएल 

यस बिषयमा तपाइको प्रतिक्रिया...!