दाजुभाइको विवाद हुँदा गोली प्रहार, दाजु घाइते भाइ पक्राउ

Posted on: 11 Dec, 2022

मङ्सिर २५, ताप्लेजुङ । ताप्लेजुङ फक्तालुङ गाउँपालिका–५ ओईतुङबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरील पक्राउ गरेको छ । उनलाई प्रहरीले हिजो (शनिबार) विहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बस्ने सोही गाउँपालिकाको सोही गाउँमा बस्ने ४० वर्षीय कुमार लिम्बु रहेको प्रहरीले जनाएको छ । उनलाई १ नाल भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

कुमारले सामान्य वादविवाद र झै–झगडामा भरुवा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!