आठराई गाउँपालिकामा माओवादी केन्द्रकाे नेतृत्व सर्वसहमत

Posted on: 28 Nov, 2021

मंसिर १२, तेह्रथुम, न्युज कारखाना | नेकपा माओवादी केन्द्र आठराई गाउँपालिकाको दोस्राे पालिका सम्मेलनले नयाँ नेतृत्व सर्वसहमत चयन गरेको छ । सम्मेलनले गणेश विमलीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यस्तै उपाध्यक्ष जयकुमार कन्दङवा, रमिला फुयाँल र रत्नमणि ओली चयन भएका छन् । सचिव रुद्र फोम्बो ,सहसचिव सागर थिङलाबु र कोषाध्यक्ष अन्जना पौठाक चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समिती तेह्रथुमका संयोजक इन्द्र इम्सङले जानकारी दिए  । जिल्लाको ४३ वटै वडामा सर्वसहमत नेतृत्व चयन गरेको माओवादी केन्द्र तेह्रथुमले शनिबार देखि पालिका सम्मेलन सुरु गरेको जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!