१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Posted on: 18 Dec, 2022

पुस ३, काठमाडौँ | तेह्रथुममा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाचँथर फिदिमका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका–३ बस्ने ३९ वर्षीय नरेन्द्र राई रहेको प्रहरी चौकी चुहानडाँडाले जनाएको छ ।

ती किशोरीलाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चुहानडाँडा तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!