गाईघाटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 09 Apr, 2023

चैत २६, उदयपुर | उदयपुरको गाईघाटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

आज बिहान त्रियुगा नगरपालिका ११मा प्रदेश नं.१–०५–००१ प.६१५९ नम्बरको मोटरसाईकललाई पश्चिम तर्फबाट आउँदै गरेको मे १ ख २१८४ नम्बरको ट्रकले ठक्कर दिदाँ मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१४ साउनेको ४३ वर्षीय तारिणी कुमार थापामगरको रहेको उदयपुर प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!