उदयपुरमा आफ्नै नातीले हजुर आमाको घाँटी रेटेर हत्या

Posted on: 26 May, 2022

जेठ १२, उदयपुर | उदयपुरकाे कटारी नगरपालिका वडा नं. ७ मा आफ्नै नातिले हजुरआमा लाई धरिलो हतियार प्रयोग गरि हत्या गरेका छन् । जग्गाको बिषयमा विवाद भए पछि बिहान पख अन्दाजी ७२ वर्षिय हजुरआमा मनमाया दनुवारलाई घरमै आएर घटीमा खुकुरी प्रहार गरि हत्या गरेका हुन् ।

यसअघि पनि उनले जग्गा बेचेर पैसा दिनु भन्दै धम्की दिने, मनसिक यातना दिदै आएका थिए । लामो समय बिदेश बसेर आएका रोहित केही महिना अगाडी मात्र घर आएका थिए । घटनास्थल मा किल्ला ठोक्ने हम्मर र खुकुरी भेटिएको छ । घटना घटाए लगत्तै रोहित दनुवार फरार भएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!