खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि...

Posted on: 09 May, 2022

वैशाख २६, नयाँ दिल्ली | हालै एक ग्राहकले आफ्नो खाना वितरण पार्सलमा सर्पको छाला फेला पारेपछि केरलाको एउटा होटेल बन्द गरिएको थियो । यही ५ मेमा आमा र छोरीले होटलबाट खाना अर्डर गर्ने क्रममा सर्पको छाला फेला परेको इन्डिपेन्डेन्टले जनाएको छ । 

तिरुवनन्तपुरमको नेदुमंगडु क्षेत्रको एक होटल रेस्टुरेन्टबाट किनेको परौठा प्याक गर्न प्रयोग गरिएको कागजमा उनीहरूले सर्पको छाला फेला पारेका थिए । प्रिया नाम गरेकी आमाले आफू र छोरीलाई खाजाका लागि दुई पिस परौठा र केही चटनी मगाएका थिए । 

छोरीले आफ्नो भागको परौठा सकिसकेपछि आफूले खान लाग्दा उनले र्‍यापिङ पेपरमा सर्पको छालाको अंश फेला पारिन । तुरुन्तै प्रियाले प्रहरीलाई सम्पर्क गरिन् । प्रहरीको निर्देशनमा उनले खाद्य सुरक्षा अधिकारीहरूलाई जानकारी गराएकी थिइन् ।

                 

यस बिषयमा तपाइको प्रतिक्रिया...!