दिल्लीमा महिलामाथि अपहरण गरी सामूहिक बलात्कार : बोराभित्र फेला, गुप्ताङ्गमा फलामको रड

Posted on: 19 Oct, 2022

कात्तिक २, काठमाडौं | दिल्लीमा एक महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् । उत्तर प्रदेशको गाजियाबादमा एक ३८ वर्षीया महिलालाई अपहरण गरी दुई दिनसम्म पाँच जना पुरुषहरूले सामूहिक बलात्कार गरे। स्रोतका अनुसार मंगलबार राति ती महिला सडकको छेउमा बोरामा फेला परेकी थिइन् भने उनको गुप्ताङ्गमा फलामको रड थियो ।


स्रोतका अनुसार दिल्लीकी ती महिला घर फर्किने क्रममा गाजियाबादबाट अपहरणमा परेकी थिइन् । घटना १६ अक्टोबरको हो । ती महिला आफ्नो भाइको जन्मदिनमा सहभागी हुन जान लागेकी थिइन् । सोही समयमा चारजनाले महिलालाई अपहरण गरेर आफ्नो एसयूभीमा लगेका थिए । ती महिलाको दिल्लीको अस्पतालमा उपचार भइरहेको छ तर उनको अवस्था ‘अत्यन्तै नाजुक’ रहेको छ ।

महिला आयोगको तर्फबाट गाजियाबादका एसएसपीलाई नोटिस जारी गरी दिल्ली महिला आयोगकी प्रमुख स्वाती मालिवालले यस विषयमा भनिन्, ‘यो धेरै डरलाग्दो र विचलित पार्ने कुरा हो । यसले मलाई निर्भया काण्डको सम्झना गराएको छ । सबै आरोपीहरूलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर कडा कारवाही गर्नुपर्छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!