२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

नयाँ संविधानको स्वागत गर्दै विजयोत्सव

४ आश्विन २०७२, सोमबार ०२:१४

प्रकाश धौलाकोटी, असोज ४, तेह्रथुम । लामो समयको प्रतिक्षा पछि संविधानसभाबाटै जारी भएको संविधानको स्वागत गर्दै तेह्रथुममा आज पनि विजयोत्सव, मोटरसाइकल र्याली र कोणसभा लगायतका कार्यक्रमको तयारी भइरहेको छ ।

dipawoli

हिजो हर्षोल्लासका साथ सदरमुकाम म्याङलुङबजार सँगै जिरिखिम्ती, बसन्तपुर, सक्रान्तिबजार लगायत बजारहरुमा नागरिकहरुले स्वतस्फुर्त दीपावली गरेका थिए । बजारका मुख्य चौकमै विच सडकमा नेपालको नक्सा अंकन गरी साथमा नेपाल राष्टिय झन्डा समेत बनाई संविधानका ३ सय ८ वटै धारालाई ३ सय ८ वटै दीप प्रज्वलन गरी स्वागत गरेका छन् ।

संविधान घोषणा भएको अवसरमा साँझ गाउँ गाउँमा समेत दीपावली गरी खुसीयाली मनाइएको थियो । आज पनि संविधान जारी भएको अवसरमा लामो समयको संक्रमणकाल पछि जनताको विजय भएको भन्दै जिल्लाका विभिन्न बजारहरुमा विजयोत्सव र कोणसभाको तयारी भइरहेको छ ।

म्याङलुङमा विभिन्न जातिको झाँकी सहितको र्यालीले बजार परिक्रमा, जिरिखिम्तीमा जिरिखिम्तीबाट म्याङलुङबजार सम्म आएर बजारपरिक्रमा गर्ने, बसन्तपुरमा मोटर साइकल र्याली र त्यसपछि कोणसभाको आयोजना गरिएको छ । यस्तै आजै जिल्लाको पुर्वी सक्रान्तिबजारमा पनि विजयको र्यालीले बजार परिक्रमा गरी कोणसभाको कार्यक्रम गर्ने तयारी स्थानीय राजनीतिक दलहरुले गरेका छन् ।

हर्षोल्लासका साथ संविधानको स्वागत गरिरहेका स्थानीयले जिल्लाबाट संविधानसभामा रहेका सभासदहरुलाई बधाई तथा धन्यवाद समेत ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य