३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

होटलमा वरिष्ठ सईको मृत्यु: कपडाले घाँटी कसेर हत्या भएको प्रहरीको निष्कर्ष

१० श्रावण २०८०, बुधबार ०९:२४

साउन १०, बागलुङ | बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटलमा मृत भेटिएका वरिष्ठ सईको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सई) उज्जल पौडेल सोमबार बिहान होटलमा मृत भेटिएका थिए ।

पर्दाको पासो लगाएको अवस्थामा आशा होटलको तल्लो तलामा मृत भेटिएका पौडेलको हत्या भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले बताए ।

हत्यामा संलग्न आरोपमा प्रहरीले होटल संचालिका ५१ वर्षीय आशा कुँवर र उनका छोरा विनोद कुँवरलाई पक्राउ गरेको छ । होटलमा खाजा खान गएका वरिष्ठ सई पौडेल र होटल संचालिकाको आमा–छोरासँग विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको डिएसपी कुँवरले जानकारी दिए ।

‘टाउको र छातीमा कुटपिट गरेर बेहोस बनाएपछि कपडाले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’ डिएसपी केसीले भन,‘आरोपीतहरुलाई पक्राउ ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली