Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
September 17, 2023 समाज

बाइकले ठक्कर दिएको निउँमा नवीनको हत्या, थाहा पाउने डरले थप तीन जना मारिए

By साझासवाल

भदौ ३१, काठमाडौँ | शनिबार राति काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणको प्रमुख कारण मोटरसाइकलको ठक्कर रहेको पाइएको छ।

हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका बोल्न नसक्ने‍ व्यक्तिले मोटरसाइकलले ठक्कर दिएपछि हत्यासम्मको अवस्थामा पुगेको बयान दिएका छन्।

केही दिनअघि मोरङका नवीन राईले चलाएको मोटरसाइकलले अभियुक्तलाई चाबहिलमा ठक्कर दिएको थियो।

उक्त घटनापछि अभियुक्त ट्राफिक प्रहरीकहाँ पुगेका थिए। ट्राफिकले नवीन र तीन बोल्न नसक्ने व्यक्तिलाई सम्झाएर पठाएको थियो।

तर त्यसैको रिसीइबी साँध्न अभियुक्तले नवीनको डेरा खोज्दै हिँडेका थिए। नवीन बस्ने डेरा पत्ता लगाएपछि उनी त्यहाँ पुगे।

झोलामा राखेको खुकुरीले नवीनको हत्या गरेको बयान अभियुक्तले प्रहरीलाई दिएका छन्। त्यसपछि फर्किने क्रममा तल्लो तलामा बसेका भुजेल परिवारले थाहा पाउँछन् भन्ने डरले उनीहरुको पनि हत्या गरेको पाइएको छ।

प्रहरीले आइतबार सीसीटीभी फुटेजका आधारमा ती बोल्न नसक्ने व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउ परिसकेपछि उनले कापीमा ‘आई किल्ड फोर पिपल’ लेख्दै अपराध स्वीकार गरेका छन्।

उनी सिन्धुपाल्चोकका रहेको बताइएको छ।  साथै उनले सांकेतिक भाषामा कक्षा १२ समेत पास गरेको पाइएको छ।