Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
January 6, 2024 समाज

कार दुर्घटनामा परी दुई युवतीको मृत्यु भएपछि पोखरामा आफन्तले गरे प्रदर्शन

By साझासवाल

<p><b>पुस २१, पोखरा | </b>गत मङ्सिर २४ गते कारको ठक्करबाट स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको थियो । तालचोक नजिकै भएको दुर्घटनामा हेमजाकी २३ वर्षीया अनिशा खड्का र जीरोकी २४ वर्षीया भावना बरालको मृत्यु भएको थियो ।<br></p><p>चालक मानबहादुर बानियाँ अहिले प्रहरीको नियन्त्रणमा छन् । तर उनलाई छुटाउन राजनीतिक दल र पहुँचवालले दबाब दिइरहेका भन्दै युवतीका आफन्तले कारवाहीका लागि दबाबमूलक प्रदर्शन गरेका छन् । उनीहरुले अदालत अगाडी धर्ना दिए ।&nbsp;</p><p>पीडकले दण्ड पाउनुपर्ने उनीहरूको माग छ ।&nbsp;उनीहरूले भने&nbsp;'न्याय किन्ने प्रयास भइरहेको छ । सांसद र नेताहरू लाइन लागेर पीडक छुटाउन आएका छन्,'| 'न्याय नमरोस् । मृतकका परिवारलाई कति पीडा भएको छ ? कसले हेर्ने ?' मृतक दुवै जना गण्डकी मेडिकल कलेजमा अध्ययनरत थिए ।</p>