मङ्सिर ३, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा बिहीबार भएको आक्रमणमा परी कम्तीमा १३ प्रहरीको मृत्यु भएको छ । 

फराहमा प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा बिहीबार भएको आक्रमणमा परी कम्तीमा १३ प्रहरीको मृत्यु भएको छ । 

फराहमा प्र"/>

२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लडाकू आक्रमणमा परी तेह्र प्रहरीको मृत्यु

३ मंसिर २०७३, शुक्रबार १०:१९

मङ्सिर ३, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी भागमा पर्ने फराह प्रान्तमा बिहीबार भएको आक्रमणमा परी कम्तीमा १३ प्रहरीको मृत्यु भएको छ । 

फराहमा प्रान्तमा रहेको एक प्रहरी कार्यालयमा बिहीबार राती तालिबानी लडाकूहरुले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । 

‘घटनास्थलबाट अज्ञात संख्यामा लडाकूहरु भागेका थिए भने, घटनामा परी मृत्यु हुने १३ जना नै प्रहरी रहेका छन्,” उपक्षेत्रीय प्रहरी प्रमुख मोहम्मद घोस मल्यारले भन्नुभयो । 

क्षेत्रीय सुरक्षा कार्यालयले आक्रमणको घटनाका बारेमा अनुसन्धान गर्न थालिसकेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । 

घटनास्थलपछि तीन चार जना प्रहरीहरु हराएको र उनीहरु तालिवानीको सम्पर्कमा रहेको हुन सक्ने बताइएको छ । प्रहरी प्रमुख मल्यारले घटनाका बारेमा अनुसन्धानपछि मात्रै विस्तृत विवरण बताउन सकिने जानकारी दिनुभयो । 

फराह र छिमेकी हेल्माण्ड प्रान्तमा विगत दुई महिनादेखि सुरक्षा चुनौती बढ्दै गईरहेको छ । तालिवानीको प्रवक्ता जुविल्लाह मुजाहिदले आक्रमणको जिम्मेवारी लिएको बताएका छन् रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?