Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

किन मनाउन थालियो आजकै दिन मजदुर दिवस ? सन् १८८६ को घटना महत्वपूर्ण

By साझासवाल

मे १, काठमाडौँ | एउटा कुरा बुझ्न गाह्रो छ कि मजदूरलाई किन ‘मजदूर’ भनियो ? के अरु कुनै नाम हुन सक्दैन थियो ? अरुलाई भन्दा मजदुरलाई आफ्नो जीवन चलाउन अफ्ट्यारो पर्ने गर्छ ।

संसारमा कति मजदूर छन् जो मजदूरी गरेर आफ्नो जीवनयापन गरिरहेका हुन्छन । मजदूरहरु कमसेकम पैसामा पनि निकै अफ्ट्यारा-अफ्ट्यारा काम गरिरहेका हुन्छन् जुन काम जसले पायो उसले गर्न सक्ने खालको हुँदैन । वास्तवमा मजदुरहरुको एउटै मजबुरी के हुन्छ भने उनीहरूलाई जसरी हुन्छ, जति कठोर काम गरेर हुन्छ, जति पसिना बगाएर हुन्छ, पैसा कमाएर आफ्नो भोको पेट र आफ्नो परिवारको कमसेकम गर्जो तार्ने कुराको ध्यान हुन्छ । जसको लागि मजदुरहरु सरिरबाट पसिनाको धारा बग्दा पनि कामका खटिईरहेका हुन्छन । यिनै मजदूरहरुको लागि बर्ष भारीमा आज एक दिन हुन्छ – ‘मजदूर दिवस’। तर आजकै दिनमा पनि काम गर्नु पर्ने कतिपय मजदुरहरुको बाध्यता छ ।

मजदूरहरुले गरेका थिए ८ घण्टा कामको माग

मजदूर दिवस मे महीनेको पहिलो दिन मनाइन्छ । यसै कारण पनि विश्वका अधिकांश देशमा आजको दिन मजुदरहरुलाई बिदा दिने गरिन्छ । यस दिन मजदुर दिवस मनाउनुको पछाडी पनि एक दर्दनाक घटना लुकेको छ । सन् १८८६ मा अमेरिकामा जब मजदुर संगठनहरुले एक शिफ्टमा काम गर्ने समय अधिकतम ८ घण्टा गर्ने माग गरे तब सरकाले उनीहरुको प्रस्ताव मानेन ।

शिकागोबाट सुरु भयो मजदुर दिवसको शुरुवात

अमेरिकी सरकारले मजदुरहरुले भने बमोजिम एक सिफ्टमा ८ घण्टा भन्दा बढी काम लगाउन नपाउने प्रस्ताव अमेरिका सरकारले मानेन तब मजदुरहरुले हड्ताल गरे, यसै दौरान एक अज्ञात व्यक्तिले शिकागोको हेय मार्केटमा बम बिष्फोट गराइदिए, यसै अवस्थामा आन्दोलनमा रहेका मजदुरमाथि सुरक्षाकर्मीले गोली चलाए जसमा ७ मजदूरको ज्यान गयो । यस घटनाको वावजुत मजदुरहरुले आफ्नो हड्ताललाई निरन्तरता दिँदा केहि समय लगत्तै अमेरिकाले मजदुरहरुलाई एक शिफ्टमा काम गर्ने अधिकतम समय ८ घण्टा निश्चित गर्यो ।

तब त्यसबेलादेखि अन्तराष्ट्रीय मजदूर दिवस '१ मे'का दिन मनाउन थालियो । यसको सुरुवात १८८६ देखि शिकागोबाट सुरु भएको थियो । त्यसपछि यस दिवस संसारमै मनाउन थालियो । अहिले संसारका अधिकांश देशहरुमा ८ घण्टाको अनिवार्य नियम-कानुन छ र यदी बढी गरेमा त्यस अनुसार मजदुरलाई बढी पारिश्रमिक दिने नियम छ ।