Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मन्दिर पुनःनिर्माणका लागि रु एक करोड सङ्कलन

By साझासवाल

वैशाख ४, गलकोट (रासस) | बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीस्थित परमेश्वर राम मन्दिरको पुनःनिर्माणका लागि रु एक करोड १० लाख सङ्कलन भएको छ ।

मन्दिर पुनःनिर्माणका लागि चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञमा रु एक करोड १० लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिले जनाएको छ । ब्रम्हालीन श्री एक हजार आठ स्वामी परमानन्द सरस्वतीको जन्मथलो परमेश्वर राम मन्दिर इनारपानी पौवाडाँडामा विसं २०७२ को विनाशकारी भूकम्पले ठूलो क्षति पुर्याएको थियो ।

भूकम्पले भत्काएको मन्दिर पुनःनिर्माणका लागि आर्थिक अभाव भएका कारण महायज्ञको आयोजना गरिएको हो । भूकम्पका कारण राम मन्दिरको कुटी, वाचनालय, धर्मशालालगायतका संरचना पूर्णरूपमा ध्वस्त पारेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष टीकाराम कँडेलले बताउनुभयो ।

मन्दिरको विकासका लागि धार्मिक व्यक्ति, सङ्घसंस्थाले स्वेच्छिकरूपमा पुनःनिर्माणका लागि सहयोग प्रदान गरेका हुन् ।