Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बोटमा ८१ लाखको बोधिचित्त, फेदमा द्वन्द्व

By साझासवाल

असार ९, काठमाडौं । बोधिचित्तको कारोबार शुरू हुँदै गर्दा हरेक वर्षझैं यस वर्ष पनि एउटै रूखलाई पटक–पटक फरक–फरक व्यक्तिका नाममा बिक्री गरी रकम असुलेका कारण द्वन्द्व सिर्जना भएको छ ।

‘अब त काटमार होलाजस्तो पो भयो, स्थानीयस्तरमा असुरक्षा बढ्यो।’ –रोशी गाउँपालिका–५का स्थानीय समाजसेवी टुल्कु लामाले बताउनुभयो। साविक सिसाखानी गाविस–३ हालको रोशी गाउँपालिका–५ मा रहेको ठकु तामाङको कित्ता नम्बर ४९६ बाट कित्ताकाट भई कायम भएको कित्ता नम्बर ९७९ को १३ रोपनी १४ आना क्षेत्रफलमा रहेको बोधिचित्तको ठूलो एक बोटमा फलेको फल २०७६ असार महिनामा टिप्न मिल्ने गरी एकमुष्ट ८१ लाख रुपियाँमा दुर्गालाल तामाङ समूहले खरिद गरी नगदै रकम भुक्तानी गरेको थियो ।

२०७५ साल चैत ५ गते इन्भेस्टमेन्ट बैंकको चेकबाट १० लाख, हिमालयन बैंकको चेकबाट १० लाख र बाँकी ६१ लाख रुपियाँ नगदै ठकु तामाङले बुझेका थिए । चार महिनाअगावै नगद भुक्तानी गरेको दुर्गालाल तामाङ समूहले वडा कार्यालयको रोहबरमा सम्झौता गरी ८१ हजार राजस्वसमेत बुझाएको थियो। गाउँपालिकाले बिक्री मूल्यका आधारमा १ प्रतिशत राजस्व लिने निर्णय गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।