Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बलात्कार र हत्याका दोषीलाई अमेरिकाबाट पक्राउ गरी नेपाल ल्याइयो

By साझासवाल

कात्तिक ६, काठमाडौँ | १९ वर्षअघि एक महिलालाई बलात्कार गरि हत्या गरेको अभियोगमा दोषी ठहरिएका झापा चन्द्रगढी–३ स्थायी घर भएका लिलाराज गौतम पक्राउ गरेका छन् ।

उनलाई नेपाल प्रहरीले इन्टरपोल वासिङ्टन शाखाको सहयोगमा नेपाल फिर्ता ल्याउन सफल भएको हो । उनीविरुद्ध रेडकर्नर शाखाले २०७४ मंसिर १२ गते रेड नोटिस जारी गरेको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।  इन्टरपोल वासिङ्टनसँग भएको समन्वयका क्रममा उनी सन् २०१८ जनवरी २ मा अमेरिकामा रहेको जानकारी आएपछि बेफ्रुअरी १३ मा पक्राउ गरेर अमेरिकाकै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको हिरासतमा राखिएको थियो ।

अमेरिकाको अध्यागमन कानुनसमेत उलंघन गरेका उनलाई त्यहाँको आवश्यक कानुनी कारबाहीपछि बुधबार अमेरिकाको मियामीबाट टर्किस् एयरलाइन्सको विमानबाट नेपाल ल्याइएको हो ।

उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको इन्टरपोल शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०५७ असोज २९ गते राती लिलाराजसहित मनोज खड्का र सिताराम बस्नेतले झापा चन्द्रगढी–३ की सन्ध्या राजवंशीलाई बलात्कार पछि हत्या गरेका थिए । बलात्कारपछि हत्या गरिएकी सन्ध्याको शव चालआली जंगलको रुखमा फेला परेको थियो ।