Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

By साझासवाल

<p>वैशाख १, काठमाडौँ । महानगरीय प्रहरी वृत बौद्ध र नयाँबस्ती प्रहरी टोलीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ ।&nbsp;</p><p>प्राप्त विशेष सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–५ बासुकीनगरबाट बा४२प ८०९ र बा८९प ९५४१ नम्बरको कालो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित ओखलढुङ्गा घर भई गोकर्णेश्वर नगरपालिकामा बस्दै आउनुभएका २० वर्षीय ङिमा लामा र सोही ठाउँका २० वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।&nbsp;</p><p>पक्राउ परेका दुबै जनाको साथबाट&nbsp; प्रदेश ३–०२–००९ प २०५९ नम्बर भएको नम्बर प्लेट दुई थान र ५१ हजार नगदसमेत बरामद भएको कार्कीले जानकारी दिनुभयो । आइतबार पक्राउ परेका उनीहरुको आज काठमाडौँ जिल्लाबाट म्याद थप गरी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।&nbsp; &nbsp;&nbsp;</p>