२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वलाई रेडक्रसको चेतावनी :कोरोना भाइरस भन्दा जलवायु परिवर्तन खतरानाक

२०७७, २ मंसिर मंगलवार ११:३७

मंसिर २, काठमाडौँ | विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको छ | उक्त महामारी समाधानका लागि विश्वले अहिले जति संकट सामना गर्नु परेको छ त्योभन्दा बढी जलवायु परिवर्तनको खतरा रहेको रेडक्रसले चेतावनी दिएको छ |

कोभिड १९ बाट भन्दा जलवायु परिवर्तनको असरबाट विश्वलाई धेरै खतरा रहेको रेडक्रसको निष्कर्ष छ | कोरोना महामारीको चरम चपेटामा पनि जलवायु परिवर्तनले भयावह रुप लिइरहेको बताउँदै रेडक्रस र रेड क्रिसेन्ट सोसाइटकीको अन्तर्राष्ट्रिय संघ (आईएफआरसी) ले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै यो कोरोना भन्दा धेरै खतरनाक भएको बताएको हो |

१९६० को दशकपछि हरेक वर्ष विश्वलाई नै प्रभावित पार्ने १ सय भन्दा धेरै ठूला विपत्ती आएको र ति अधिकांश जलवायु परिवर्तन सम्बन्धी नै रहेका छन् |

‘विश्वमा हाल कोरोनाको महामारी छ,हाम्रा परिवार, साथीभाइहरु र आफन्तहरुलाई नै असर पुर्याइरहेको छ । यो विश्वले भोगेको धेरै धेरै गम्भीर संकट हो । तर जलवायु परिवर्तनले मानव जीवन र पृथ्वीमा यसभन्दा पनि धेरै ठूलो र दिर्घकालिन असर पुर्याउनेछ, एक रिपोर्टमा उल्लेख गरिएको छ |

आईएफआरसीका अधिकारीहरुले कोरोना बिरुद्धको खोप भएपनि जलवायु परिवर्तनको कुनै खोप नभएको बताएका छन् | जलवायु परिवर्तनका लागि दिगो लगानीको आवश्यकता पर्ने रेडक्रसको भनाई छ |

जलवायु परिवर्तन सम्बन्धी विपदले गर्दा पछिल्लो दशकमा मात्रै ४ लाख १० हजार भन्दा धेरै मानिसको ज्यान गएको छ | रेडक्रसले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ