१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैंकिङ कसुरका फरार अभियुक्तलाई अदालतमा बुझाइयो

२३ चैत्र २०७७, सोमबार १०:४५

चैत २३, काठमाडौं । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम रू ६१ लाख ५५ हजार जरिवाना हुने ठहर गरेको थियो । 

फैसलापछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको पेप्सीकोलाबाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको ब्यूरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो । 

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्यानमा पारी रु ६१ लाख बढीको चेक काटी दिएका थिए । यसैबीच वन्यजन्तुको आखेटोपहार अवैधरूपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको ब्यूरोको टोलीले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ झुलपाखाबाट संरक्षित वन्यजन्तुको छाला (आखेटोपहार) सहित तीन जनालाई पक्राउ गरेको छ ।

अवैधरूपमा वन्यजन्तुको अङ्ग ओसारपसार तथा बेचबिखन गर्न ल्याएको अवस्थामा बाराको सिमरा बस्ने फुलमाया तामाङ, गुल्मीका शिव पल्ली र रामेछाप दोरम्बाका पासाङ टसी तामाङलाई पक्राउ गरिएको पन्तले जानकारी दिनुभयो । उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार, काठमाडाँैमा पठाइएको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा