Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

निको हुने सङ्ख्या बढ्दै

By साझासवाल

जेठ १६, काठमाडौं । नेपालमा शनिबार  थप  चार  हजार  ४८७ व्यक्तिमा  कोरोना  भाइरस  सङ्क्रमण देखिएको  छ । योसहित  नेपालमा कुल  सङ्क्रमितको  सङ्ख्या  पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।

यसैगरी  छ  हजार  ८०  जना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा चार लाख ३४ हजार ७५० जना निको भएका छन् । शनिबार थप ११६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसहित  नेपालमा  कोरोनाबाट मृत्यु  हुनेको  सङ्ख्या  सात  हजार १६३ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका  अनुसार १४  हजार  छ  जनाको  पीसीआर  र ७४६  जनाको  एन्टिजेन  विधिबाट गरी  कुल  १४  हजार  ७५२  जनाको कोभिड–१९ परीक्षण गरिएको थियो ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक  लाख  ११  हजार  ५०९  रहेको छ । त्यसैगरी  देशभरका  कोभिड अस्पतालका आईसीयूमा एक हजार ६१४ जना र भेन्टिलेटरमा ४५७ जना सङ्क्रमित उपचाररत छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।