Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सर्लाहीको चन्द्रनगर–१ मा कांग्रेस विजयी

By साझासवाल

<p><b>जेठ १, काठमाडौं | </b>सर्लाहीको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरे । उनकाे&nbsp; पक्षमा ६ सय ४६ मत परेको छ । यस्तै, महतोका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार&nbsp; सुशिल कुमार राय यादवले ३ सय ७१ मत मात्र प्राप्त गरे ।&nbsp;<br></p><p>यस्तै, गाउँपालिकामा पनि नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । पछिल्लो मत परिणामअनुसार मेयर पदको लागि कांग्रेसका उम्मेदवारकाे पक्षमा ७ सय ८० मत परेको छ । लोकतान्त्रिक समाजवादी&nbsp; र नेकपा(माओवादी केन्द्र) का उम्मेदवारलाई क्रमश:३ सय ५७ र २ सय ९७ मत परेको छ ।&nbsp;</p><p>उपमेयर पदमा नेपाली कांग्रेसकी&nbsp; मंजु देवीलाई ५ सय ८४ मत परेको छ भने लोसपाकी उम्मेदवार कुन्तिदेवी साहलाई ३ सय ४९ र माओवादी केन्द्रकी उम्मेदवार&nbsp; गिता देवी महतोलाई ३ सय ८५ मत परेको छ ।&nbsp;</p>