भदौ २९, नियामी (नाइजर) । नाइजरमा बोको हराम इस्लामिस्ट समूहले गतहप्तादेखि दुई छुट्टाछुट्टै इलामामा गरेको आक्रमणमा कम्तीमा सात नाइजर सैनिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । 

दक्षिणपश्चिमी दिफ्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, नियामी (नाइजर) । नाइजरमा बोको हराम इस्लामिस्ट समूहले गतहप्तादेखि दुई छुट्टाछुट्टै इलामामा गरेको आक्रमणमा कम्तीमा सात नाइजर सैनिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । 

दक्षिणपश्चिमी दिफ्"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोको हराम आतङ्ककारी समूहद्वारा सात नाइजर सैनिकको हत्या

२९ भाद्र २०७३, बुधबार ११:३४

भदौ २९, नियामी (नाइजर) । नाइजरमा बोको हराम इस्लामिस्ट समूहले गतहप्तादेखि दुई छुट्टाछुट्टै इलामामा गरेको आक्रमणमा कम्तीमा सात नाइजर सैनिकको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । 

दक्षिणपश्चिमी दिफ्फा क्षेत्रमा पर्ने नाइजेरियाको सीमानजिकै रहेको इलाकामा सो आक्रमण सेनाद्वारा मङ्गलबार अवेर राति प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत सोमबार बिहान भएको एक एबुम्स आक्रमणमा पाँच सैनिक मारिनुको साथै अन्य छ घाइते भएका बताइएको छ । 

त्यसैगरी गत सेप्टेम्बर ८ मा गस्तीमा रहेका सैनिकको सवारी साधनमा गरेको आक्रमणमा कम्तीमा दुई सैनिक मारिनुको साथै अन्य दुई घाइते भएका जारी सो विज्ञप्तिमा जनाइएको छ । यसै महिनाको सुरुमा सोही इलाकमा नाइजेरियासँग आवद्ध जिहादी समूहले गरेका अर्को एक आक्रमणमा पाँच गाउँलेको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका थिए । 

बोको हराम आतङ्ककारी समूहले गत सातवर्ष यता गरेको हिंसा हत्यामा नाइजेरिया र सीमा क्षेत्रमा पर्ने छिमेकी मुलुक नाइजर, चाद र क्यामेरुनमा कम्तीमा २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । बोको हराम आतङ्ककारी समूहद्वारा जारी यस हत्या, हिंसामा २६ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट