२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

२०७९, १८ पुष सोमबार ०९:३९

पुस १८, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश र नागरिकको हितलाई केन्द्रमा राखेर आफ्नो पार्टी अघि बढ्ने बताउनुभएको छ । आजदेखि काठमाडाँैमा सुरु भएको पार्टीको तेस्रो पोलिटब्युरो बैठकमा बोल्नुहुँदै अध्यक्ष नेपालले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेर आफूहरु अघि बढ्ने बताउनुभयो । उहाँले आरोपप्रत्यारोपको राजनीति गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी देशको हितलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । नेपाली नागरिकको भावनालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । हामीले ठिक गरेका छौँ । दृढताका साथ उभिएका छौँ । हामी सबै कुराको वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढ्न तयार छौँ ।”

अध्यक्ष नेपालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीभित्रै रहेर ती समस्या समाधान गरेर अघि बढ्ने आफूहरुको प्रयास सफल हुन नसक्दा नयाँ पार्टी खोलेर अघि बढ्नु परेको तथ्य बुझ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । 

उहाँले आफूहरुबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै कसैलाई पनि पानीमाथिको ओभानो बन्ने प्रयास नगर्न चेतावनी दिनुभयो । आजदेखि सुरु भएको बैठकमा चुनावको समीक्षा, पार्टीको भावि नीति र कार्यक्रमबारे छलफल हुने नेकपा (एकीकृत समाजवादी) पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट