पुस २६, काठमाडौँ । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लख छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको मंगलबार जारी सूचनामा उल्लेख छ ।

भोलि सार्वजनिक बिदा