माघ २२, काठमाडौँ | आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका छन् ।

गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका उनलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी नै रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका स्रोतको दावी छ ।

एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि कुरा भएको तर प्रचण्डले मन्त्री बनाउन नसक्ने बताएपछि रवि रिसाएर बाहिरिएको स्रोतको भनाइ छ । ‘उहाँले अब आफ्नो दल सरकारमा बस्न कठिन हुने भन्दै पार्टीको बैठकमा जानुभयो,’ अनलाइनखबरसँग कुरा गर्दै प्रधानमन्त्रीको स्रोतले भन्यो ।

बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ