Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान परे जेल !

By साझासवाल

साउन १२, राजविराज । पत्नीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । विना सहमति जबर्जस्ती यौनसम्पर्क गरेको आरोपमा सप्तरीको कुशहा–७ का २५ वर्षीय मो. हजरत मियाँ पक्राउ परेका हुन् ।

जबर्जस्ती करणी गरेको आरोप लगाउँदै पीडित पक्षले आफ्नै पतिविरुद्ध प्रहरीमा उजुरी दिएपछि मियाँ मंगलबार पक्राउ परेका हुन् ।

आरोपित मियाँलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराइ जबर्जस्ती करणी मुद्धाअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

प्रहरीका अनुसार यस्तो अभियोगमा पक्राउ पर्ने मियाँ सम्भवत : जिल्लाकै पहिलो व्यक्ति हुन् । प्राप्त घटना विवरणअनुसार गत २५ असार राति माइतमा रहेकी १८ वर्षीया पत्नीलाई रक्सीले मातेर आएका मियाँले उनको असहमतिविपरीत टेलिभिजनमा सिडिमार्फत अश्लील फिल्म देखाइ मानसिक र शारिरीक यातना दिदै जबर्जस्ती करणी गरेको बताइएको छ ।

पीडित महिलाले रोइकराइ गर्दा पनि पतिले जबर्जस्ती गर्न नछोडेको र सो घटनाबारे अभिभावकलाई जानकारी गराएपछि मियाँ भागेका थिए । पटकपटक मियाँले सो प्रकृतिको हर्कत दोहोर्याउन थालेपछि पीडित पक्षले प्रहरीमा जबर्जस्ती करणीको उजुरी दर्ता गराएकी थिइन् । -राजधानी दैनिक