भदौ २६, काठमाडौं | मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वामा ढोंगी तान्त्रिकको पछि लाग्नेहरूले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ ।

स्वयम्भूमा मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहको छन् । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय तान्त्रिक भनिने कानु पहरीसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

प्रहरीका अनुसार पहरीसहित दुई जनाले राजधानीको मित्रपार्कस्थित एक जडीबुटी पसलबाट १९ हजार रुपैयाँमा मानव खप्पर खरिद गरेको बयान दिएका छन् । प्रहरीले घटनामा पहरीका साथबाट मानव खप्पर र खुकुरीसमेत बरामद गरेको छ ।

उक्त पसल पहिले प्रेस सिवाकोटीले चलाउँदै आएका थिए। पछिल्लो भूकम्पमा सिवाकोटीको निधन भएपछि बुहारी सीताले चलाउँदै आएकी छन् । – नागरिक दैनिकमा दीपक खरेलको समाचार छ ।

राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलाशा