२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवाले टुंग्याए मन्त्रीको सूची, यी हुन् कांग्रेसले पाउने आठ सम्भावित मन्त्रालय!

२०७९, १४ चैत्र मंगलवार ०७:५७

चैत १४, काठमाडौँ | नेपाली कांग्रेसले सरकारमा पठाउने ८ जना मन्त्रीको नाम करिब टुंग्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्म मन्त्रिपरिषद विस्तार गर्न तयारी थालेपछि कांग्रेसले पनि मन्त्रीको नाम करिब–करिब टुङ्गो लगाएको हो । प्रधानमन्त्री प्रचण्डले देउवालाई कांग्रेसले पाउने सक्ने आठ वटा मन्त्रालय पनि सुनाएका थिए ।

कांग्रेसका एक पदाधिकारीका अनुसार अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, उद्योग वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय कांग्रेसले पाउने सम्भावना छ । तर सभापति देउवाले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये एउटामा दाबी राखेका छन् । 

आठ मन्त्रालय मध्ये ६ वटामा आफ्नो समूहभित्रबाट मन्त्री बनाउने देउवाको तयारी छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारको सहभागी हुने छ । अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने देउवाको योजना छ । कांग्रेसका एक पदाधिकारीका अनुसार एनपी साउद, रमेश रिजाल, सीता गुरुङ सभापति देउवाका पहिलो प्राथमिकतामा छन् । नेता प्रकाशमानसिंह र शशांक कोइरालामध्येको सिफारिसमा एकजना मन्त्री बन्ने सम्भावना छ । सिंहले राजन केसी र कोइरालाले दीपक खड्कालाई मन्त्री बनाउन चाहेको देखिन्छ । अर्थमन्त्री नपाउने भएपछि विनोद चौधरी र उदयशम्शेर राणाले परराष्ट्र मन्त्रीका लागि लबिङ थालेको देखिन्छ ।

यता शेखर–गगन समूहलाई २ मन्त्रालय दिने मनस्थिति देउवाको छ । शेखर–गगनको दाबी तीन मन्त्रालयमा छ । धनराज गुरुङ र डिकबहादुर लिम्बूलाई मन्त्री बनाउने शेखरको तयारी छ । महामन्त्री गगन थापा जीवन परियार, बद्री पाण्डे र प्रदीप पौडेलमध्ये एक जनालाई मन्त्री बनाउन चाहन्छन् । उनीहरू मध्ये एक जनालाई महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि साथ छ । देउवाले अहिलेसम्म एउटा मुड बनाएको देखिएपनि अन्य नेताहरूको पनि दबाब भने चर्को छ ।  

सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेसले ८, माओवादीले ५, जसपाले २, एकीकृत समाजवादीले २, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले १–१ मन्त्रालय पाउने गरी प्रस्ताव राखेका थिए । बाँकी एक मन्त्रालय स्वतन्त्र सांसदका लागि छुट्याउने प्रधानमन्त्रीको प्रस्ताव छ  ।  तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्तीमा ३ मन्त्रालयको अडान छाडेका छैनन् । आफ्नो पार्टीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका कुनै पनि पद नपाएका भन्दै तीन मन्त्रालयमा एकीकृत समाजवादीको सशक्त दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै