समाजवादी विद्यार्थी संगठनको मोर्चाको घोषणा हुँदै, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

साझासवाल
1 Min Read

साउन १४, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको ‘समाजवादी मोर्चा’ले आज विद्यार्थीको मोर्चा घोषणा गर्ने भएको छ ।

समाजवादी मोर्चाले आफ्नो पहिलो शुभेच्छुक संगठनको रुपमा आज समाजवादी विद्यार्थी मोर्चाको औपचारिक रुपमा घोषणा गर्न लागेको हो ।

जसअनुसार च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा बिहान ११ बजे विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय गरिएको छ  ।

उक्त घोषणा कार्यक्रमलाई प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन्।

Share This Article
Leave a Comment

Leave a Reply