<p><b>साउन १४, काठमाडौँ | </b>राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने सहमति भएको छ । यही साउन १६ गते राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकताको घोषणा गर्ने सहमति भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।<br></p><p>राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरुको उपस्थितिमा एकतासम्बन्धी सहमति भएको भन्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले एकतापछि जनआन्दोलनको तयारीमा लाग्ने बताए ।</p><p>पार्टी अध्यक्ष कमल थापाले सहमतिपछि सामाजिक सञ्जाल ट्विटरमार्फत ‘राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर, साउन १६ गते राष्ट्रिय सभागृहमा घोषणासभा हुने, संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्था अन्त्य गरी हिन्दू अधिराज्य, सुशासन र समृद्ध नेपाल निर्माण गर्ने संकल्प, निकट भविष्यमा जनआन्दोलन गर्ने’ जानकारी दिएका छन् ।</p><iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FKamalThapaOfficial%2Fposts%2Fpfbid0mAptiphmNWeXhfNEUaCxYXoJDMTBvXrAfVFWtAGhsQPhw6LYD545hDZxNg5otCMul&show_text=true&width=500" width="500" height="742" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>