<p><b>साउन १४, काठमाडौँ |</b> संसद्को सार्वजनिक लेखा समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय मार्फत १ क्वीन्टल सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।<br></p><p>आज आइतबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेपछि समिति सभापति रहेका जेष्ठ सदस्य अर्जुन नर्सिङ केसीले छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराउने बताए । </p><p>बैठकमा एमाले सांसद योगेश भट्टराईले समितिमा सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको विषय उठाएपछि अधिकांश सांसदहरूले सहमति जनाउँदै छानबिन समिति बनाउन माग गरेका थिए ।</p>