आज राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच पार्टी एकता हुँदै

साझासवाल
1 Min Read

साउन १६, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज पार्टी एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो।

आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणासभाका लागि अन्तिम तयारी पुरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् । उनका अनुसार दिउँसो २ बजे एकता सभाको औपचारिक कार्यक्रम हुनेछ  ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको हो ।

महामन्त्री बर्तौलाले सो एकतापछि नागरिकको हक अधिकारका लागि जनआन्दोलनको तयारीमा लाग्ने बताए ।

Share This Article
Leave a Comment

Leave a Reply