स्थायी कमिटी बैठकमा प्रचण्डले पेश गरे राजनीतिक प्रतिवेदन

kit
kit
1 Min Read

<p><b>पुस ९, काठमाडौँ | </b>नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। आज शुक्रबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन पेश गरेका हुन्।<br></p><p>प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटीका सदस्यहरुले सुझाव दिएपछि त्यसलाई समेत समेटेर सम्मेलनमा पेश हुनेछ। स्थायी कमिटी बैठक दिउँसो ३ बजे पुनः बस्नेगरी हाललाई स्थगित गरिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।</p><p>उनले दिउँसोको बैठकमा विस्तृत छलफल हुने जानकारी दिए। बैठकमा राष्ट्रिय सम्मेलनको अन्तिम तयारीबारे पनि छलफल भएको छ। शुक्रबार दिउँसो १ बजे नेकपा मसाल र नेकपा (माओवादी) बाट विद्रोह गरेको एउटा समूह माओवादीमा प्रवेश गर्ने कार्यक्रम भएकाले बैठक स्थगित गरिएको छ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply