Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनाल अगाडि

By साझासवाल

मङ्सिर ६, काठमाडौँ | काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीसभाका उम्मेदवार खनालले दुई हजार आठ सय ४८ मत प्राप्त गरी अग्रता लिएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिईन  ।

कूल आठ हजार ५९ मतगणना हुँदा दोस्रो मत नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले प्राप्त गरेको छन् । उनले एक हजार आठ सय ७७ र नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले एक हजार आठसय ४८ मत प्राप्त गरेको छन् | उक्त मतगणना गर्दा तीन सय ३१ मत बदर भएको छ ।

काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र ११ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।