<p><b>असार १०, चितवन |</b> चितवनको इच्छाकामनामा माइक्रोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। </p><p>काठमाडौंबाट जादै गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो र विपरीत दिशा तर्फ आउदै गरेको लु९३प ९४६ नम्बरको मोटरसाइकल आइतबार दिउँसो २ बजे तिर इच्छाकामना गाउँपालिका-४ केवलकारस्थित पृथ्वी राजमार्गमा आपसमा ठोक्किएको हो। </p><p>माइक्रोले ठक्कर दिँदा रुपन्देही कञ्चनजंगा नगरपालिका-१ का ३६ वर्षीय हेमन्त कुमालको घाइते भएका थिए | घाइते कुमालको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको चितवन प्रहरी ले बताए ।</p><p>ठक्कर दिने सवारी साधन र चालक मकवानपुरको कैलाश गाउँपालिका- २ का २८ वर्षीय लुम्नसिंह मोक्तान इलाका प्रहरी कार्यालय मुग्लिङको नियन्त्रणमा छन्।</p>
चितवनको इच्छाकामनामा माइक्रोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
